+
Search

ताजा अपडेट +

पपुलर +

भाइटीकाको उत्तम साइत ११ः३९ बजे

भाइटीकाको उत्तम साइत ११ः३९ बजे
त्रिशूली प्रवाह
१ हप्ता अगाडी
  •  दाजुभाइले पश्चिम मुख गरी टीका थाप्नु उपयुक्त
  •  दाजुभाइ या दिदीबहिनी दुवैका मुख दक्षिणतर्फ नपर्दा अति राम्रो
  • यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू

विदुर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले बताउनुभयो । सो दिन चन्द्रमा पश्चिम दिशामा हुने भएकाले टीका लगाउने दाजुभाइले पश्चिम मुख गरी टीका थाप्नु उपयुक्त हुने जानकारी उहाँले दिनुभयो ।

भाइटीका बिहीबारको दिन परेकाले दाजुभाइ या दिदीबहिनी दुवैका मुख दक्षिणतर्फ नपर्दा अति राम्रो हुने ढकालको भनाई छ । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभसाइत दिइएको ढकालले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन,” उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरू गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह