+
Search

ताजा अपडेट +

पपुलर +

व्यवसाय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक

व्यवसाय क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

बट्टार । विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले निर्माण सामग्री व्यवसाय क्षेत्रमा लगानी सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताउनुभएको छ ।

नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घको गत शनिबार १४औँ वार्षिक साधारणसभामा उहाँले ठुलो लगानी गर्नुपर्ने र त्यसमा पनि उधारोमा बिक्री गर्दा उठाउन समस्या भइरहेको उल्लेख गर्दै आत्मबल बढाउन लगानी सुरक्षाको प्रत्याभूति राज्यले दिलाउनुपर्नेमा जोड दिनुभयो । निर्माण क्षेत्र सुस्त रहेको, राज्यले व्यवसायीको ठुलो रकम भुक्तानी रोकिदिएको भन्ने आफूले जानकारी पाएकोले निर्माण सामग्री क्षेत्र चलायमान हुन नसकेको उहाँले बताउनुभयो । सङ्घका अध्यक्ष नवीनकृष्ण राजभण्डारीले जिल्लामा ७४ व्यवसायी रहेको, व्यवसायलाई मर्यादित र कानुनको अधीनमा रही सञ्चालन गराउन लागिपरेको बताउनुभयो । सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, ह्वासिन सिमेन्टका प्रतिनिधिलगायतले निर्माण क्षेत्रको अवसर र चुनौतीबारे बोल्नुभएको थियो ।

महासचिव तेजबहादुर प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा सङ्घलाई सहयोग गर्ने गरिमा प्लास्टिकका सञ्चालक राजाराम अधिकारीसहित विभिन्न कम्पनीका प्रतिनिधिलाई सम्मान गरिएको सचिव प्रेमकृष्ण राजभण्डारीले जानकारी दिनुभयो । सभाको दोस्रो सत्रमा महासचिव प्याकुरेल, कोषाध्यक्ष विष्णु प्याकुरेल र अध्यक्ष राजभण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन विस्तृत छलफल गरी पारित भएको वरिष्ठ उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो । सङ्घ, संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा विसं २०७० साउनमा दर्ता भएको सङ्घले व्यवसायीको सल्लाहमा गत वर्षदेखि शनिबार जिल्लाभर हार्डवेयर पसल बन्द गर्ने गरेको छ । शनिबार निर्माण सामग्री लोड/अनलोड र बिक्री, वितरण नगर्ने सहमति व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह