धुन्चे । रसुवा जिल्ला, कालिका-२, कालिकास्थानमा शनिबार भएको सातौँ खुला रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एसएलसी २०५६ व्याज कालिका-२ को संयुक्त आयोजनामा यही असोज २५ गते भएको रक्तदान मानव जीवन बचाउने उद्देश्यले गरिएको आयोजकले बताएको छ । नेपाल स्वयम्सेवी रक्तदाता समाज केन्द्रीय समितिका अध्यक्ष प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यमा भएको थियो । उक्त खुला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले कसैको एक थोपा रगतबाट बिरामीले नयाँ जीवन पाउने भएकाले पुण्य कमाउन मन्दिर धाइरहन नपर्ने बताउनुभयो । रगत दिनु आफैँमा महान् काम भएकाले यसको महत्त्व बुझेर नै कालिका हिमालय एसएलसी २०५६ व्याचले पवित्र कामको थालनी गरेको समूहका अध्यक्ष रामप्रसाद ढकालले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो ।






प्रतिक्रिया