+
Search

ताजा अपडेट +

पपुलर +

शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । रसुवा जिल्ला, कालिका गाउँपालिका-५ मा रहेको नीलकण्ठ नमुना माध्यमिक विद्यालयमा अध्ययनरत एक सय पाँचजना विद्यार्थीलाई वडा नं. ५ कार्यालयले जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।

वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडासदस्य र विद्यालय व्यवस्थापन समितिका सदस्यको उपस्थितिमा इसिडीदेखि कक्षा पाँचसम्म अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक वर्षभर पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह