+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

चाइन्जो यस जुनीमा नमरी बाँचे कालले साँचे, के–के पो देख्नु पर्दोरहेछ भन्या ! दुई ठुला भनिएका दलको दुईतिहाइको सरकार २४ घण्टामै गल्र्यामगुर्लुम भएको यिनै फुट्या आँखाले देख्नुप¥यो गाँठे ! दुई दशकदेखि राजा हटाएर आफैँ राजा बनेका तीन दलका नेताहरू ज्यान जोगाउन कोही कसैको साथ नपाउँदा त्राहिमाम–त्राहिमाम भए । अहिले कोही त जेन–जीले मेरै सल्लाहमा आन्दोलन गरेको भन्छन् त चाइन्जो कोही म त डराइन, घ्याम्पो हल्लेको उखान पो हाल्छन् । कुन ग्रहबाट फुत्त आएर सत्ता उलटपलट गराउने जेन–जीले धेरैको सात्तोपुत्लो लिए नि’ ओली बा’को ट्याउँट्याउँ कसले रोक्ने ? सुरक्षाकर्मी नै दुईजना सर्वसाधारण देख्दा छेर् भालु हुने भएसि’ हजुरआमाले कुन दुर्गाको बलले चुनावको ठेगान लगाउलिन्, खै ? कुरो र कुलो जता पनि जान्छन् भन्छन् । न्वाँकोटाँ यस वर्षको त्यारमा जुवाको खाल जमेको नदेख्ने कोही मनुवा भएन । दुई दशकमा नभएको कौडाको खाल यस वर्ष जिल्लामा यस्तो जम्यो कि, पुलिस–प्रशासन नै जिल खाए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह