+
Search

ताजा अपडेट +

पपुलर +

सुजिमको होम डेलिभरी सुविधा

सुजिमको होम डेलिभरी सुविधा
त्रिशूली प्रवाह
११ महिना अगाडी

बागटार । सुजिम बजारले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै अब विदुर नगरपालिका क्षेत्रभित्र निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । नगरभित्र पहिलोपटक होम डेलिभरी सेवा सुरु गर्ने सुजिम पहिलो व्यवसायी कम्पनी हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

केही महिनादेखि परीक्षण अवस्थामा रहेको यो सेवा अब नगरपालिकाका २६ सहरी क्षेत्रमा विस्तार गरिएको कम्पनीले जनाएको छ । ‘सस्तो मूल्यमा छिटो डेलिभरी’ भन्ने नारासहित सुरु गरिएको यो सेवा ढुङ्गे, बान्द्रे, सिमुटार, पाँडेगाउँ, नुवाकोट बजार, दम्की, बट्टार, त्रिशूली बजार, बट्टार पुरानो बजार, आँपघारी, बट्टार हावाघर, माझीटार, पिपलटार, महारानी डिही, जेडी स्कुल क्षेत्र, राईसिङे, माझीगाउँ, जुगेटार, आँगुटार, कोलनी, हात्तीगौँडा, थुम्का, लामाटार, गेर्खुटार, इनारपाटी, देवीघाटलगायत स्थानमा उपलब्ध रहेको प्रबन्धक सुजिममान श्रेष्ठले बताउनुभयो ।

Suzuki New Bike & Scooter

सुजिमको कोलनी बागटार र त्रिशूलीबजारमा बिक्री कक्ष छन् । कम्पनीका अनुसार रु. ९९९ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकले आफ्नो सामान घर, कार्यालय वा व्यावसायिक ठेगानामा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन् । सुजिम बजारका प्रतिनिधिका अनुसार सो सुविधाबाट स्थानीय बासिन्दाले समय र श्रम दुवै बचत गर्दै सजिलै आवश्यक वस्तु आफ्नो ढोकासामु पाउने अवसर पाउनेछन् । सुजिमले बट्टारबजारमा यसै वर्ष बिक्री कक्ष सञ्चालनको लक्ष्यसमेत लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह