समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर-५ स्थित बागमती प्रदेशको ‘दोस्रो पशुपतिनाथ’को मन्दिरको भेटी गत असोज महिनामा रु.चार लाख ८४ हजार दुई सय ९५ सङ्कलन भएकोे छ । सो महिनामा सबैभन्दा बढी भेटी २५ गते सङ्कलन भएको छ । उक्त दिन भक्तजनले चढाएको दान, भेटी, सहयोग र मध्याह्न आरतीबाट रु. ९३ हजार २० सङ्कलन भएको छ ।
असोज १ देखि ३१ गतेसम्म भक्तजनले चढाएको भेटी, दान, सहयोग गरी उक्त रकम सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । असोज ५ गते सबैभन्दा कम रु.दुई हजार ६ सय ४० भेटी सङ्कलन भएको थियो ।




प्रतिक्रिया