+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट ठेगाना भएका १११ कैदीबन्दी खोज्दै प्रहरी

नुवाकोट ठेगाना भएका १११ कैदीबन्दी खोज्दै प्रहरी
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा नुवाकोट ठेगाना भएको विभिन्न कारागारबाट भागेका एक सय ११ कैदीबन्दीको खोजतलासमा नुवाकोट प्रहरी अहिले सक्रिय छ । गृह मन्त्रालयले नुवाकोट जिल्ला घर ठेगाना भएका ९९ पुरुष र १२ महिलाको विवरणसहित खोजी गर्ने पत्रसहित निर्देशन आएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।

प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत फरार कैदीबन्दीलाई फर्कन आग्रह गर्दा पनि नआएपछि प्रहरी अहिले गाउँगाउँमा सुराकी परिचालन गरी साधा पोसाकमा खोजतलासमा परिचालन भएको छ । जेन-जी आन्दोलनको फाइदा उठाउँदै विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीको नामावली र ठेगानाको आधारमा जिल्लामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ विक्रम लामाले जानकारी दिनुभयो । फरार सूचीमा नाम रहेका कैदीबन्दीमध्ये केही महिना बाँकी रहेकादेखि २५ वर्ष कैद भुक्तान बाँकी रहेकासम्म रहेका छन् । नुवाकोटमा प्रहरीले खोजी गरिरहेको कैदीबन्दी कतिपय ज्यान मुद्दा, लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, जबर्जस्ती करणी अभियोग मुद्दामा पुर्पक्षमा रहेका र अदालतबाट फैसला भइसकेका बन्दी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह