+
Search

ताजा अपडेट +

पपुलर +

जमराघर हस्तान्तरण

जमराघर हस्तान्तरण
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

बेलकोट । नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाअन्तर्गत बेलकोटगढी-१० स्थित निरञ्जना भगवती मन्दिरपरिसरमा जमराघर पुनर्निर्माण गरीे हस्तान्तरण गरिएको छ । नुवाकोटको सुरक्षार्थ खटिएको शेर गणले निर्माण गरेको जमराघर मन्दिर संरक्षण समितिलाई गत असोज ३० गते हस्तान्तरण गरिएको गणपति प्रमुख सेनानी अशोककुमार मल्लले जानकारी दिनुभयो ।

ऐतिहासिक तथा धार्मिक महत्त्वले भरिपूर्ण बेलकोटगढीमा नेपाली सेना र बेलकोटगढी नगरपालिकाको संयुक्त सहकार्यमा पुनर्निर्माण गरिएको हो । धार्मिक रीतिरिवाज तथा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्नाका साथै ऐतिहासिक धरोहरलाई जीवितै राख्न समितिले भूमिका निर्वाह गर्ने अपेक्षा सेनाले गरेको छ । मन्दिरमा परापूर्वकालदेखि बडादसैँमा गाउँभरिको जमरा राख्ने प्रचलन छ । सेनाले स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने गरी जिल्लामा विभिन्न कार्य गर्दै आइरहनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वका संरचनालाई संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरेको छ । जमराघर हस्तान्तरण कार्यक्रममा श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सुभाषजङ्ग थापा, बेलकोटगढी प्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाललगायतको उपस्थिति थियो ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह