+
Search

ताजा अपडेट +

पपुलर +

सडक दुर्घटनासम्बन्धी नक्कल अभ्यास प्रदर्शन

सडक दुर्घटनासम्बन्धी नक्कल अभ्यास प्रदर्शन
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । पुर्व जानकारीबिना हुने दुर्घटनाले पुर्याउने क्षतिको पुर्वतयारीका साथ लाग्न सकियो भने केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भनेर रसुवाको सदरमुकाम धुन्चेमा सडक दुर्घटनासम्बन्धी अनुकरण अभ्यास गत असोज ३० गते प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका समन्वयमा नेपाली सेना श्रीनाथ गण, जिल्ला प्रहरी कार्यालय रसुवा, सशस्त्र प्रहरी वल नेपाल नम्बर २० गुल्म हेडक्वाटर, राष्ट्रिय अनुसन्धान कार्यालय र रसुवा अस्पतालको सहकार्य तथा जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको सहयोगमा प्रदर्शन गरिएको हो । उक्त अभ्यास एउटा स्याफ्रुबेँसीदेखि काठमाडौँ जाँदै गरेको बोलेरो र धुन्चेबजारबाट स्याफ्रुबेँसी जाँदै गरेको मोटरसाइकल धुन्चे तल घुम्तीमा मोड्ने क्रममा तिव्रगतिका कारण एकआपसमा ठोकिई दुर्घटना हुन्छ । उक्त गाडी र मोटरसाइकलमा सवार मानिस दुर्घटनामा परी घाइते भइसकेपछि सवार व्यक्ति रोदन र पिडामा हुन्छन् । यसबखत स्थानीय व्यक्तिले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डिइओसी) लाई एम्बुलेन्ससहितको उद्धारकर्मीका लागि अनुरोध गर्छन् । तत्काल प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार घटनास्थलमा उद्धारकर्मी पुगेर उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल पुर्याउँछन् ।

दुर्घटनाको खवर प्राप्त हुनासाथ ट्राफिक प्रहरी, नेपाल प्रहरीको टोली खटिई ट्राफिक कोन राखी एरिया मार्किङ घटनास्थल सुरक्षित गर्दै गरेका समेत हुन्छ । सामान्य घाइते भएका बिरामीलाई उद्धारकर्मीले साहारा दिएर सुरक्षित स्थानतर्फ लैजान्छन् र थप उपचारका लागि रसुवा अस्पताल लैजान्छन् । यस्तै घटनासम्बन्धी अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह