+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

जेन-जी आन्दोलनपछि ठुला-साना दलमा जबर्जस्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण दबाबले वृद्ध नेताहरूको निद् हराम भा’को चाल नपाउने अब कोही भएनन् । दलहरू कोही महाधिवेशनतिर, कोही जुट र फुटतिर हुँदा पुरानो पार्टीमध्येको काङ्ग्रेसमा भने महाधिवेशनको रडाकोसँगै नेतृत्व कब्जाको अभ्यास ! न्वाँकोटे काङ्ग्रेसका गन्यमान्य नेतामध्येका पूर्वमुख्यमुन्तरीले संस्थापन पक्षलाई धुलो चटाउन गुट परिवर्तन गरेको जिल्लातिरका मतदातालाई थाहा नहुने कुरै भएन नि । आन्तरिक झगडा मिलाउनभन्दा बढाउन मलजल गरेर ठेकेदारबाट मुख्यमुन्तरीसम्म बनेका बादुर नेता आधा वर्षमै हट्नुपरेको झोंक नेतृत्वलाई देखाएर कार्जेकर्तालाई भ्रममा पार्ने नि भए गाँठे ! ठेकेदार र व्यवसायीको पार्टी काङ्ग्रेसमा नेतृत्व परिवर्तन र अधिवेशन नभए हजुरआमा कार्कीले गर्ने आगामी फागुनको निर्वाचनमा उम्मेदवार नै नपाउने ठोकुवा उनले गरेपछि ज्योतिषको आश्रममा जिल्लाका नेता भविष्य हेर्न गए भने पिर नमाने हुने भो अर्जुन दादा ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह