+
Search

ताजा अपडेट +

पपुलर +

सुजिमको दसैँ-तिहार उपहार योजनाको विजेता घोषणा

सुजिमको दसैँ-तिहार उपहार योजनाको विजेता घोषणा
त्रिशूली प्रवाह
४ हप्ता अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नम्बर ९ कोलोनी र वडा नम्बर १ त्रिशूलीमा सञ्चालनमा रहेको सुजिम बजारले दसैँ-तिहारलक्षित उपहार योजनाको विजेताको नाम सार्वजनिक गरेको छ ।

‘दसैँ-तिहार किनमेल सुजिममा गरौँ, छुट र उपहार दुवै पाऔँ’ भन्ने चिट्ठाको नतिजा शनिबार सार्वजनिक गरिएको थियो । सो भाग्यशाली चिट्ठा योजनामा गोपाल केसीले पहिलो पुरस्कार, सुनिता श्रेष्ठले दोस्रो, सुनिता तामाङले तेस्रो, सरिता जोशीले चौथो र मैना लामाले पाँचौँ प्राप्त गर्नुभएको छ । यो योजना असोज १५ देखि कात्तिक १५ गतेसम्म सुजिममा सामान किनमेल गर्नेको नाम समावेश गरिएको थियो । दसैँ-तिहार उपहार योजनाबाट सेवाग्राहीले रु.एक हजारको सामान खरिद गर्दा उक्त योजनामा समावेश हुन पाउने व्यवस्था गरिएको थियो ।

चाडपर्वका वेला ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै रु.एक हजारभन्दा बढीको सामान खरिदमा उपहार वितरणको लक्ष्य राखेको निर्देशक सुजिममान श्रेष्ठले जानकारी दिनुभयो । चाडपर्वका वेला अधिकांशले किनमेल गर्ने भएकाले उनीहरूलाई उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामग्रीदेखि घरायसीलगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावलाई सुपथ मूल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । यसमा हाम्रा ग्राहकलाई अभ्यस्त बनाउनका लागि उपहार कार्यक्रम सुरु गरेका हौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह