+
Search

ताजा अपडेट +

पपुलर +

लागुऔषधकर्मी अभियुक्त दाजुभाइ अनुसन्धानमा

लागुऔषधकर्मी अभियुक्त दाजुभाइ अनुसन्धानमा
त्रिशूली प्रवाह
४ हप्ता अगाडी

विदुर । विदुर-९, डिहीबजार स्थायी घर भएका सन्तोष सार्की र निजकै भाइ वसन्त लागुऔषधसहित आइतबार पक्राउ परेका छन् ।

निजका कोठामा लागुऔषध लुकाइछिपाई राखेको छ भन्ने गोप्य सूचनाका आधारमा नुवाकोट जिल्ला, विदुर-४ बट्टारस्थित डेरा कोठा गरी बस्ने ३५ वर्षका सन्तोष र निजकै भाई ३३ वर्षका वसन्तलाई लागुऔषधसहित प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रनाउ विक्रम लामाले जानकारी दिनुभयो । प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सन्तोष र निजको भाइ कोठामा बसिरहेको अवस्थामा फेला पारी रितपूर्वक कोठा तथा निजको शरीर खानतलासी गर्दा कोठामा लुकाइछिपाई राखेको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७७ ट्याब्लेट, स्पास्मो १३५ ट्याब्लेट र प्रयोग गरिएको लागुऔषधको खाली पत्ताको खोलसमेत फेला परेको बताइएको छ । सन्तोषका दाजुभाइलाई मंगलबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह