विदुर । नुवाकोट जिल्लामा रहेका बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीले बिएफआई क्लब गठन गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार संस्था दर्ता भएको छ । गत वर्ष २०८१ पुस ६ गतेको सामूहिक वनभोज कार्यक्रमले बैंक तथा वित्तीय संस्था एवम् बिमा कर्मचारी क्लबको विधान बनाई जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने निर्णय गरेको थियो ।
सोअनुसार प्रभु बैंकका शाखा प्रबन्धक सुवर्णराज कँडेलको अध्यक्षतामा नुवाकोट बिएफआई क्लबको १३ सदस्यीय कार्यसमिति बनेको छ । समितिका उपाध्यक्षद्वयमा ध्रुवप्रसाद पुडासैनी (सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स) र माधवप्रसाद अधिकारी (मुक्तिनाथ विकास बैंक), सचिवमा जीवन बोगटी (एनएमबि बैंक), सहसचिवमा सरिता केसी (नेपाल इन्स्योरेन्स), कोषाध्यक्षमा राजुमान प्रधान (ट्रस्ट माइक्रो इन्स्योरेन्स), सहकोषाध्यक्षमा विश्वम्भरमानसिंह डङ्गोल (लुम्बिनी विकास बैंक) हुनुहुन्छ । त्यस्तै, सदस्यमा कविता श्रेष्ठ (सिटिजन लाइफ इन्स्योरेन्स), सञ्जय पौडेल (गरिमा विकास बैंक), अर्तिला खतिवडा (मेरो माइक्रो फाइनान्स), दामोदर पाण्डे (एनएलजी इन्स्योरेन्स), सुसन श्रेष्ठ (सालिको इन्स्योरेन्स) र सम्झना दवाडी (स्टार माइक्रो) रहनुभएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको हकहित र आपसी सम्बन्ध राम्रो बनाउन क्लब गठन गरिएको अध्यक्ष कँडेलले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई जानकारी दिनुभयो ।




प्रतिक्रिया