+
Search

ताजा अपडेट +

पपुलर +

अर्किड एकेडेमीद्वारा रू.७० लाखको छात्रवृत्ति प्रदान

अर्किड एकेडेमीद्वारा रू.७० लाखको छात्रवृत्ति प्रदान
त्रिशूली प्रवाह
११ महिना अगाडी

बट्टार । अर्किड एकेडेमीले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वार्षिक रु.७० लाखभन्दा बढीको छात्रवृत्ति प्रदान गरिरहेको छ । अर्किडले यस वर्षदेखि व्यवस्थापन सङ्कायमा कक्षा ११ सञ्चालन गरेको छ । व्यवस्थापन सङ्कायमा सो कक्षा सञ्चालन गर्ने अर्किड जिल्लाकै पहिलो संस्थागत विद्यालय बनेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

बट्टार-४ स्थित सो विद्यालयको शुक्रबारको २२औँ वार्षिकोत्सवमा प्रिन्सिपल रामहरि रिमालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाकालदेखि नै आफ्नो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र २०८१ को एसइई परीक्षामा सर्वाधिक ४ जिपिएसहित विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको जानकारी दिनुभयो । कार्यक्रममा खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, वि.सं. २०८१ को एसइई परीक्षामा चार जिपिए हासिल गर्ने रोहित श्रेष्ठलाई रु. २५ हजारसहित उत्तीर्ण सबै विद्यार्थीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विद्यार्थीले आकर्षक नृत्यमार्फत उपस्थित भएकालाई मनोरञ्जन प्रदान गरेका थिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेशका अध्यक्ष मुरारीप्रकाश सञ्जेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विदुर-२ का वडाध्यक्ष दीपक कायस्थ, प्याब्सन नुवाकोटका सचिव रामजी भट्ट, पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, शिक्षासेवी रामप्रसाद जोशी, सुभेनियर बोर्डिङ स्कुलका प्रिन्सिपल ताराबहादुर कार्की, प्याब्सन विदुर नगरअध्यक्ष रामराजा कुमाललगायतले विद्यालयको प्रगतिका लागि शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह