+
Search

ताजा अपडेट +

पपुलर +

शहिद जङ्गबहादुरको शालिक अनावरण

शहिद जङ्गबहादुरको शालिक अनावरण
त्रिशूली प्रवाह
११ महिना अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर नगरपालिका-११ गेर्खुमा जनयुद्धका शहिद जङ्गबहादुर प्याकुरेलको अर्धकदको शालिक आइतबार अनावरण गरिएको छ । विदुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अर्धकद शालिकको प्याकुरेलले सहादत प्राप्त गरेको दिनको स्मृतिमा अनावरण गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले अनावरण गर्नुभएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

विसं २०३३ साउन ३ गते जन्मिएका प्याकुरेलले २०५९ साल कात्तिक २३ गते धादिङको थाक्रे गाउँपालिका-२ मा सहादत प्राप्त गर्नुभएको हो । नेपाली कम्युनिष्ट पार्टी विदुर-११ गेर्खुको आयोजनामा भएको कार्यक्रममा वागमती प्रदेशसभा सदस्य ढुङ्गानाले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन सके शहिदप्रति सच्चा आस्था प्रकट हुनेछ ।’’

कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, नेपाली कम्युनिष्ट पार्टी विदुर नगर सभापति भोजराज पनेरूलगायत नेता तथा कार्यकर्ता र शहिद परिवारसहित स्थानीयको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह