बट्टार । नुवाकोट जिल्ला, विदुर-४, बट्टारमा रहेको सक्षम बहुउद्देश्यीय सहकारी संस्था लि. ले गत आव.२०८१/०८२ मा व्याजबाट आम्दानी रू.९७ लाख २५ हजार तीन सय २१ गरेको छ । शनिबार भएको १८औँ वार्षिक साधारणसभामा उक्त जानकारी दिएको हो ।

सहकारीका अध्यक्ष तुलसी दवाडीले सभामा छ सय ३१ महिला र पाँच सय ३० पुरूष गरी जम्मा एक हजार एक सय ६१ शेयर सदस्य रहेको जानकारी दिनुभयो । गत आवमा सहकारीको शेयर पुँजी रू.दुई करोड ६६ लाख ७३ हजार नौ सय ५० र कूल बचत रू.छ करोड ५० लाख ७८ हजार दुई सय ५०, ऋण लगानी रू.छ करोड २८ लाख १६ हजार दुई सय ४५ र विभिन्न शिर्षकमा गरी रू.एक लाख आठ हजार चार सय ५८ सरकारलाई कर बुझाएको विवरण प्रस्तुत गर्नुभयो । विदुर-४ का अध्यक्ष निलमबाबु ढुंगेलले उद्घाटन गर्नुभएको साधारणसभामा यमलाल राईलाई ज्येष्ठ नागरिक सम्मान, निर्मला श्रेष्ठ गुरूवाचार्यलाई उत्कृष्ठ बचतकर्ता, अम्बरबहादुर अधिकारीलाई असल ऋण कारोबार सम्मान गरिएको थियो । सो अवसरमा एक सय २४ बालबालिकालाई बाल बचत सम्मान र युनाइटेड आधारभुत विद्यालयका २२ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । सहकारीले हरेक वर्ष चाहना बाल गृह स्वयम्भु काठमाडौँलाई नगद सहयोग गर्दै आएकोमा यस वर्ष पनि सो सहयोगलाई निरन्तरता दिइएको व्यवस्थापक तकबहादुर गोदारले जानकारी दिनुभयो । सहकारीले लगानीबाट गत वर्ष रू.दुई लाख ८९ हजार छ सय १६ व्याज आम्दानी, रू.६ लाख ६७ हजार एक सय १८ अन्य सञ्चालन आम्दानी गरेको छ । सभामा कोषाध्यक्ष राजुमान प्रधाान श्रेष्ठ, लेखा संयोजक डिलबहादुर माझी र अध्यक्ष दवाडीले प्रस्तुत गर्नुभएको प्रतिवेदन बन्द सत्रमा छलफल गरी पारित भएको सचिव छबिलाल ओझाले जानकारी दिनुभयो ।




प्रतिक्रिया