+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

चाइन्जो यता गयो जेन्जी, उता गयो जेन्जी । न भाषा बुझ्नु, न सिद्धान्त, तैपनि जेन्जी अरे ! उहिले तेरा घरमा काङ्ग्रेस पसोस् भन्थे, पछि माओवादी, अहिलेचाहिँ जेन्जी लगाइदिऊँ भन्दै ध्वाँस दिन्छन् । हुन पनि हो, पानी बाँड्नेले सरकार नै बनाइदिने देशाँ के पो बाँकी छ र अब चाइन्जो ? हेर्दा हेर्दै चाइन्जो गत हप्ता जेन्जीले छहरे-टोखा सडक अलपत्र पार्ने निकायलाई स्थलमै आउन बाध्य पा¥यो गाँठे ! जेन्जीले बाटो मर्मत गर्न उठबस गराएको हल्लाले चाइन्जो जिल्लाका माल र विकासे अड्डामा भुइँचालो नै गयो भन्या । विगतका सर्खारले आवश्यक नभएको सभाहल बनाएर जबर्जस्ती जिल्ला समन्वय समितिलाई बुझाएपछि अहिले चाइन्जो त्यसका प्रमुखलाई तातो पिँडालुझैँ निल्नु न ओकल्नु भो । सभा, सम्मेलन, भेला, गोष्ठीलगायत सरकारी बजेटको कार्जेक्रम चलाउँदा सभाहलको भन्दा बाहिर होटेलको खर्च चाइन्जो कम आएसि’ सीमित बजेटका सरकारी कार्जेक्रम अन्यत्र हुने नै भए । त्यत्रो करोडको हलको त हरिबिजोग नै भाथ्यो’ नि’ । सभाहलमा अब जेन्जीको काज्र्यालय राखेमा सदुपयोग हुने सल्लाह नागरिक समाजले देको छ चाइन्जो !

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह