बट्टार । नेपाल औषधि व्यवसायी काठमाडौँ जिल्ला शाखाको पहल र नुवाकोट जिल्ला शाखाको आतिथ्यमा बागमती प्रदेशअन्तर्गत रहेका दुई जिल्लाबिच सहअस्तित्व कायम राख्दै समन्वय, सहकार्य र व्यावसायिक समस्यालाई सहजीकरण गर्ने विशुद्ध उद्देश्य लिई शुक्रबार समन्वयात्मक तथा अन्तक्रिया बैठक सम्पन्न भएको छ ।

काठमाडौँ शाखाका अध्यक्ष शंकर महर्जनको आतिथ्य तथा नुवाकोट शाखाका अध्यक्ष टलकमान श्रेष्ठको सभापतित्वमा भएको बैठकले औषधि व्यवसायीको हित र व्यवसायको सुरक्षाका लागि गोलबद्ध भई सङ्घको गरिमा वृद्धिका लागि हरपल लागिरहने ऐक्यबद्धता गरेको छ । बैठकमा दुवै जिल्ला शाखा एक-अर्काका पूरक भई अघि बढ्ने निर्णय गरिएको नुवाकोट शाखाका महासचिव भीम रोक्काले जानकारी दिनुभयो । हावाघर, बट्टारस्थित सङ्घको नवनिर्मित नुवाकोट जिल्ला कार्यालयको सभाकक्षमा भएको बैठकमा काठमाडौँका महासचिव सुभमान श्रेष्ठले सङ्घको स्थापना र हालको अवस्थाबारे स्पष्ट पार्नुभएको थियो भने बागमती प्रदेश सदस्य रविदास श्रेष्ठले औषधि व्यवसायीको चौतर्फी घेराबन्दीमा पेसागत समस्याबारे जानकारी गराउनुभएको थियो ।




प्रतिक्रिया