+
Search

ताजा अपडेट +

पपुलर +

लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोट केसी समूहको कब्जामा

लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोट केसी समूहको कब्जामा
त्रिशूली प्रवाह
११ महिना अगाडी

विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नुवाकोट शाखाको शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले सन्तोषी केसीको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

प्रतिष्ठानको विधानअनुसार सम्पन्न निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजु रिजाल, द्वितीय उपाध्यक्षमा अर्जुन कोइराला, महिला उपाध्यक्षमा मन्दाकिनी रिमाल, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा सरोजजंग थापा, सहकोषाध्यक्षमा वासुप्रसाद कोइराला, सहसचिवमा सिर्जना नेपाल र सदस्यमा सुनिता पाण्डे, पवित्रा ओझा, सावित्री बख्रेल, दुर्गा थापा, शारदा बस्नेत, कल्पना घिमिरे, गोमा अधिकारी चयन भएको निर्वाचन समितिका सदस्य एवम् नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका बागमती प्रदेशका पूर्वाध्यक्ष किरण अधिकारीले जानकारी दिनुभयो ।

कार्यसमितिमा २५ सदस्यसम्म रहने विधानमा व्यवस्था भएबमोजिम बाँकी १० जना सदस्य सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी कार्यसमितिको बैठकले मनोनीत गर्ने जानकारी नवनिर्वाचित अध्यक्ष केसीले दिनुभएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रतिष्ठानको केन्द्रीय कार्यसमितिका सल्लाहकार उज्ज्वलजंग ठकुरीले गर्नुभएको थियो । उहाँले सो सभालाई सम्बोधन गर्दै नेपाली लोकगीत-सङ्गीतको संरक्षण र सम्वद्र्धनमा जिल्ला कार्यसमिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा प्रतिष्ठानको संस्थापक अध्यक्ष दामोदर खतिवडा, पूर्वअध्यक्षद्वय उद्धव कार्की र सुवास रिजाल, निवर्तमान अध्यक्ष चन्द्रकुमारी (विमला) बस्नेत, प्रतिष्ठानको बागमती प्रदेश कार्यसमितिका पूर्वअध्यक्ष किरणप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नुवाकोटमा पहिलो र दोस्रो महोत्सव आयोजक समितिका संयोजक शरणउत्सुक सापकोटा, प्रतिष्ठानको बागमती प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष राजकुमार रिजाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विसं २०६३ मा नुवाकोटमा प्रतिष्ठानको स्थापना भएको हो । निर्वाचित अध्यक्ष केसीले नुवाकोटमा प्रतिष्ठानलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह