चाइन्जो, मुलुकाँ व्याप्त घुसखोरी, अनियमितता तथा बेथितिको विरोध र सुशासन माग गर्दै जेन-जीले गरेको आन्दोलनको प्रभाव न्वाँकोटाँ नदेख्दा भाउन्न नै हुन्छ । अहिले पनि जिल्लाका अधिकांश काज्र्यालयको सेवा झुर नै छ भन्या ! माल र पोत काज्र्यालय पुग्ने सेवाग्राही बिचौलिया र निमित्त हाकिम सा’पको बेवहारले चाइन्जो वाक्क, ब्याक्क, दिक्क लागेर रुन मात्र सकेका छैनन् । यिनले लोकसेवा आयोगको जाँच पढ्दा सुशासनको परिभाषा र महत्त्व त कण्ठस्थ पारेका हुँदा हुन् क्यारे ! लेखनदास र साना तहका कर्मचारीको सहयोगविना न सेवाग्राहीलाई काम फत्ते पार्न त चाइन्जो फलामकै चिउरा नै चपाउनुपर्छ । सँगैको प्रहरी प्रशासनले तिनको चाला थाहा पाउन अर्काे सालको बालाचतुर्दशी मेला नै आउनुपर्ला गाँठे । सुशासनका लागि झन्डै ६ दर्जनले ज्यान आहुति हुँदा पनि चाइन्जो नसुध्रने राष्ट्रसेवक भोलि चुनाव भएर जेन-जीले जिती दिन आउला नि भनेर कुर्नु त झर्ला र खाउँला जस्तै हो चन्द्रबाजे !




प्रतिक्रिया