+
Search

ताजा अपडेट +

पपुलर +

जग्गा वर्गीकरणसँगै कित्ताकाट खुला

नुवाकोटका पाँचसहित २५३ पालिकाको जग्गाको पूर्ण वर्गीकरण बाँकी

जग्गा वर्गीकरणसँगै कित्ताकाट खुला
त्रिशूली प्रवाह
१० महिना अगाडी
  •  सरकारले जग्गा वर्गीकरणको म्याद बढाएर सबै पालिकामा कित्ताकाट पुनः खोलिएको छ, जसका कारण अघि रोकिएका काम चलायमान भएका छन् ।
  •  विशेषगरी प्राविधिक समस्या आएका स्थानमा वि.सं. २०८३ असार अन्तिमसम्म वर्गीकरण पूरा गर्न नसकेका पालिकालाई समय थप गरिएको छ ।
  •  पहिले पाँच सय पालिकामा कित्ताकाट रोकिएकामा भूउपयोग नियमावली, २०७९ तेस्रोपटक संशोधन भएपछि अहिले सबै पालिकामा जमिन प्रशासनका काम पुनः सुरु हुने भएका छन् ।
  •  यसवेला केवल २५३ पालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण सकेका छन्, नुवाकोटमा पाँच पालिकाले वर्गीकरण पूरा गरेका छन् र बाँकीले आगामी असारभित्र सक्नुपर्नेछ ।
  •  म्याद थपेर पटक–पटक कित्ताकाट रोक्ने–खोल्नेभन्दा सरकार स्वयम्ले वर्गीकरण प्रक्रिया सरल र सहज बनाउनु आवश्यक छ, किनकि सबै पालिकाले आठ महिनाभित्र काम सक्ने अवस्था छैन ।

विदुर । सरकारले जग्गा वर्गीकरण नभएर कित्ताकाट रोकिएका पालिकालाई वर्गीकरणको म्याद थप गर्दै कित्ताकाट खुला गरेको छ । वर्गीकरण नगरेर कित्ताकाट रोकिएका पालिकाले कृषि र गैरकृषिमा वर्गीकरण गरेर भू-उपयोग नियमावलीअनुसार कित्ताकाट गर्र्ने कानुनी बाटो खुला भएको हो  ।

Utsuk Books & Stationery
Satkar Machinery Center

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जग्गा वर्गीकरणमा प्राविधिक समस्या देखिएर वर्गीकरण गर्न नसक्ने पालिकाका लागि वि.सं. २०८३ असार अन्तिमसम्म समय थप भएको बताउनुभयो । सरकारले भू-उपयोग नियमावली तेस्रोपटक संशोधन गरेसँगै जग्गा वर्गीकरण नगरेका पालिकाका लागि कित्ताकाट खुला भएको छ । यसअघि वर्गीकरण नगरेका पाँच सय पालिकामा कित्ताकाट रोकिएको थियो  । यो निर्णयसँगै सबै पालिकामा जग्गाको कारोबार सञ्चालन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो  । पाँच सय पालिकाले विसं २०८२ असार अन्तिमसम्म जग्गा वर्गीकरण नगरेका कारण गत साउनयता ती पालिकामा कित्ताकाट रोकिएको थियो  । नुवाकोटका पाँचसहित हालसम्म दुई सय ५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी पाँच सय पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि कित्ताकाट रोकिएको मन्त्रालयले जनाएको छ । नुवाकोटको किस्पाङ, तादी, दुचेश्वर, शिवपुरी र ककनीले वर्गीकरण गरिसकेको नापी कार्यालयका प्रमुख राजन गिरीले जानकारी दिनुभयो । जिल्लाको विदुर नगरपालिकाले वर्गीकरणको काम गरिरहेको छ भने म्यागङ, बेलकोटगढी, तारकेश्वर, पञ्चकन्या, सूर्यगढी, लिखुले पनि आगामी वि.सं. २०८३ असारसम्म वर्गीकरणको काम सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

Suzuki New Bike & Scooter

सरकारले भू-उपयोग नियमावली-२०७९ लाई तेस्रोपटक संशोधन गरेर बाँकी रहेका पालिकाको वर्गीकरण र कित्ताकाट खुलाउने निर्णय गरेको हो  । २०८१ साउनबाट कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम रोकिएको थियो  । पुनः २०८१ भदौबाट नियमावली संशोधन गरेर जग्गा वर्गीकरण गर्न पालिकालाई ११ महिनाको समय दिइएको थियो  । सरकारले भू-उपयोग नियमावली तेस्रोपटक संशोधन गरेसँगै जग्गा वर्गीकरण नगरेका पालिकामा पनि कित्ताकाट खुला भएको छ । यसअघि वर्गीकरण नगरेका पाँच सय पालिकामा कित्ताकाट रोकिएको थियो भने अब सबै पालिकामा जग्गा प्रशासनसम्बन्धी काम पुनः सुरु हुने भएको छ । लेखापढी व्यवसायी सीताराम रिमालले जग्गाको वर्गीकरण गर्नुपर्ने नियम ल्याएर कित्ताकाट रोक्ने-खोल्ने अवस्था बनाउनुभन्दा वर्गीकरण गर्न थप सहजीकरण गर्नुपर्ने बताउनुभयो । अझै पनि आठ महिनामा सबै पालिकाले कित्ताकाट गर्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह