+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डमा नेपाली सेनाद्वारा लाइफब्वाई ट्युब जडान

गोसाइँकुण्डमा नेपाली सेनाद्वारा लाइफब्वाई ट्युब जडान
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्डमा भ्रमण गर्न आउनेको सुरक्षाका लागि नेपाली सेनाले लाइफब्वाई ट्युब जडान गरेको छ । रसुवा जिल्लाको पवित्र धार्मिक तीर्थस्थलमा स्नान गर्ने र तस्बिर खिच्दा डुब्न सक्ने घटनामा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड-५ स्थित कुण्डका किनारमा आपत्कालीन उद्धारका लागि शुक्रबार तीन स्थानमा डोरीसहितका ट्युब राखिएको छ ।

Utsuk Books & Stationery

जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सेनाले स्थानीय सरोकार पक्षसँगको समन्वयमा सुरक्षा सामग्री जडान गरेको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा जिल्ला सुरक्षाका लागि तैनाथ नेपाली सेना श्रीनाथ गणका गणपति प्रद्युम्न गौतमले जानकारी दिनुभयो । बर्सेनि धेरै भक्तजन तथा पर्यटक गोसाइँकुण्ड पुग्ने गरेका कारण त्यहाँ डुब्ने जोखिम उच्च हुने गरेको छ । गत वर्ष गोसाइँकुण्ड नुहाउने क्रममा दुईजनाको डुबेर मृत्यु भएको थियो । जडान गरिएका लाइफब्वाई ट्युब आकस्मिक रूपमा मानिस पानीमा डुब्ने अवस्था आएमा तुरुन्त प्रयोग गर्न सकिनेछ । सेनाको सो पहलले गोसाइँकुण्डमा तीर्थयात्रीको सुरक्षा थप मजबुत हुने विश्वास गोसाइँकुण्ड संरक्षण समितिका अध्यक्ष सञ्जीव डिएमले व्यक्त गर्नुभयो ।

चार हजार तीन सय ८० मिटर (१४ हजार तीन सय ७० फिट) उचाइमा अवस्थित कुण्डको सतह १३.८ हेक्टर (३४ एकड) र ताल परिसर एक हजार ३० हेक्टर (दुई हजार पाँच सय एकड) क्षेत्रफलमा छ । अठार वर्षअघि यसलाई रामसार तोकिएको थियो । ताल पग्लिएर त्रिशूली नदी बन्छ । हिउँदमा यो ६ महिनासम्म जम्छ । यसका वरपर एक सय आठ ताल छन् । चार हजार ६ सय १० मिटर (१५ हजार एक सय २० फिट) उचाइमा रहेको लौरीबिना भञ्ज्याङ यसको बाहिरी इलाकामा छ । सो अवसरमा निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटेल व्यवसायी तथा गोसाइँकुण्ड मन्दिरका पुजारीको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह