विदुर । नुवाकोट जिल्ला, विदुर नगरपालिका-५, पिपलटारमा मोटरसाइकलले ठक्कर दिँदा मंगलबार एक वृद्धको मृत्यु भएको छ ।
गल्छी-त्रिशुली सडकखण्डमा साँझ ५ः३० बजे गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग।१८ प।६३७० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ८० वर्षीय लीलानाथ कोइरालालाई ठक्कर दिएको थियो । ठक्करबाट टाउको र खुट्टामा गम्भीर चोट लागेका कोइरालालाई तत्काल उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो । उपचारकै क्रममा साँझ ६ः१५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मोटरसाइकलचालक लमजुङ जिल्ला, सुन्दरबजार नगरपालिका-५ बस्ने अन्दाजी २६ वर्षको जीवन तामाङ र सोही मोटरसाइकलको पछाडि बसेका सोही ठेगानाका अन्दाजी ३१ वर्षको विष्णु थापा सामान्य घाइते भएका छन् । उनीहरूको हातखुट्टामा चोट लागेकोमा उपचारपछि अवस्था सामान्य भई अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्जलगत्तै प्रहरीले चालक तामाङ र पछाडि सवार थापा दुवैलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने मृतकको शव त्रिशूली अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो ।






प्रतिक्रिया