हेरी, जेन-जी आन्दोलनले दल खोल्ने लहर चलेसँगै पुराना पार्टीका शीर्ष नेतृत्वमा छटपटी हेरिसाध्य छैन । राज्यलाई आफ्नो बाउबाजेको बपौती ठानेर राजसी ठाँटको भोगविलास गर्नेलाई ठिटाठिटीको २४ घण्टे विद्रोहले प्राण जोगाउन धौ-धौ परेको हेरी नदेख्या हो र ? ओलीको ट्याउँ ट्याउँ, देउवाको र्याउँर्र्याउँ, प्रचण्डको हातमा लाग्यो शून्य हुटहुटीले निर्वाचनपछि देश बर्बाद भएसि जोगाउने त उही पशुपतिनाथले त होला नि ! हेरी कुरै गर्ने हो भने, न्वाँकोट क्षेत्र नं. १ तिर पुकदाको आवतजावतले महतका काकाभतिजको निदहराम भइरहेको अर्काे पिरलो छ । २ नं. तिर कमरेडले उम्मेदवार खोजेकाले केसी दाजुभाइलाई पनि के हाइसन्चो भा होला र खै ? पूर्वअर्थमन्त्री रामशरणको कारण चर्चामा रहेको क्षेत्रमा हितबहादुर र राधिकाले बनाको लालकिल्लामा प्र-चण्डको र्याल नआएर के आओस् त ? परिवारसहित शनिबार राति घुँडो र मुन्टो गर्दै पञ्चकन्या वास बस्न पुगेका कमरेडको मेजमानी गर्न गाउँले सरकारलाई परेको धपेडी नाट्येश्वरी देवीले राम्रैसित था’पाइन् होलिन् । हेरी हरेक निर्वाचनमा फरक-फरक क्षेत्रबाट उम्मेदवार बन्दै आएका …चण्ड यही क्षेत्रमा उठे भने सामाजिक सञ्जाल र युट्युबरको अनुमान मिलेकै भन्नुपर्छ, कसो ?
֍֍֍
न्वाँकोट कुखुराले पनि राजनीति गर्ने जिल्ला । हेरी पश्चिम १ नम्बरको पहिलो क्याम्पस अहिले राजनीतिले थिलथिलो भएको बिचरा जेन-जीले कसरी चाल पाऊन् ? काङ्ग्रेसको एउटा समूहले विगतदेखि हालीमुहाली गरिरहेको क्याम्पसलाई शैक्षिक संस्थाजस्तो बन्न नदिएर यसपटक क्याम्पस सभामा जिल्लावासीलाई जिल्लायो गाँठे ! मुख्यमुन्तरी ल्याउने भनेर पूर्वमुख्यमुन्तरीका आसेपासेलाई ठेगान लगाउन अन्तिमसम्म प्रचारप्रसारमा बल गरिरहेनि’ संसदीय दलको चुनाउमा भोट नदिने जिल्लामा मूत्रत्यागसमेत नगर्ने बानियाँको अडानले प्रदेशकै शिक्षामुन्त्रीबाट काम चलाएको देख्नुपर्यो हेरी । जिल्लावासीको नयाँ मुन्तरी हेर्ने चाहना अधुरो बनाउने क्याम्पस प्रशासनलाई जयनेपाल छ है । हेरी जिल्लामा काङ्ग्रेसको हालीमुहाली महतका काकाभतिजले गरेपछि बहादुर र केसी गुटप्रति टिठ मात्र लाग्छ भन्या ?




प्रतिक्रिया