धुन्चे । रसुवा जिल्ला, गोसाइँकुण्ड-५, स्याफ्रुबेँसीबजारका एक युवकले यन्त्रबाट तयार गरिएको अर्गानिक कफी पसल डेढ महिनादेखि सञ्चालनमा ल्याउनुभएको छ ।
स्याफ्रुबेँसीस्थित आफ्नै घरमा स्काई क्याफे बार सञ्चालनमा ल्याउनुभएका २७ वर्षीय जिपेस तामाङले जिल्लामा नै पहिलो मेसिनबाट तयार गरिएको अर्गानिक कफी पसल राखेको जिकिर गर्नुभएको छ । उहाँ विदेश जाने र नेपालमा बसेर केही काम छैन भन्ने शब्दलाई पर राखी विदेशी शैलीमा नै कफी पसल खोलेर व्यापारसँगै कफीको स्वाद त्यस क्षेत्रका बासिन्दा र आगन्तुकलाई चखाइरहनुभएको छ । कफीका पारखीका लागि डेढ महिनादेखि पसल सञ्चालन गरेर कफीको व्यापार विस्तार गरिरहनुभएको छ । स्कुल-कलेजमा अध्ययनदेखि नै राम्रो पढाइ, अब्बल र अनुशासित विद्यार्थी रहनुभएका जिपेस आमाबुबाको साथमा कफी पसल खोलेर छुट्टै पहिचान बनाउन लागिपर्नुभएको छ ।






प्रतिक्रिया