+
Search

ताजा अपडेट +

पपुलर +

व्यक्तिगत प्यान आफैँ लिन सकिने

व्यक्तिगत प्यान आफैँ लिन सकिने
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । अबदेखि व्यक्तिगत स्थायी लेखा नम्बर आफैँ लिन सकिने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी प्यान आफैँ लिन सकिने व्यवस्था गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय कर दिवसको अवसरमा प्यान आफैँ लिन सकिने प्रणाली सुरु गर्नुभएको हो । उहाँका अनुसार रु. ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्युआर कोडसहितको अनलाइन करचुक्ता प्रमाणपत्रको पनि सुरुवात गरिएको छ । उक्त कार्यक्रममा उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न अर्थ मन्त्रालयको संरचनागत पक्षमा सुधार थालिएको बताउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह