+
Search

ताजा अपडेट +

पपुलर +

लिखु-छहरे महोत्सव जारी

लिखु-छहरे महोत्सव जारी
त्रिशूली प्रवाह
१० महिना अगाडी

थानसिंह । नुवाकोट जिल्ला, छहरेमा दोस्रो लिखु-छहरे महोत्सव-२०८२ सञ्चालन भइरहेको छ । महोत्सव लिखु-६ को लिखुबगरमा यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटन प्रवद्र्धन र कलासंस्कृतिको जगेर्ना गर्ने उद्देश्य महोत्सव राखिएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

लिखु गाउँपालिका-६, छहरेमा सञ्चालित महोत्सवको गत बुधबार लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले उद्घााटन गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले सो अवसरमा भन्नुभयो, ‘स्थानीय मौलिक, कला, संस्कृति र ठाडो भाकाको स्थानीय पहिचान भएका कारण यो पहिचानलाई सदैव संरक्षण गर्नुपर्ने बताउनुभयो ।’ महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै संस्कृति, भाका र परम्पराको जगेर्ना गर्न महोत्त्सव कोसेढुङ्गा साबित हुनेसमेत उहाँले बताउनुभयो ।

 

महोत्सवलाई स्थानीयको साथ र सहयोगबाटै सफल बनाइनेसमेत उहाँले दाबी गर्नुभयो । ‘नेपाली मौलिक लोक-संस्कृतिको छुट्टै पहिचान, लोकगीत-सङ्गीतको संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौंको आयोजनामा सञ्चालित उक्त महोत्सवमा गीत, सङ्गीत, नृत्य, प्रहसन, नयाँ प्रतिभाको पहिचान, स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, खेल, मेला, बाल उद्यानलगायतका मनोरञ्जन समावेश गरिएका छन् ।

महोत्सवको प्रमुख संरक्षकमा लिखु गाउँपालिका, संरक्षकमा लिखु गाउँपालिका-६ र वडा नं. १, २, ३, ४ र ५ को कार्यालय रहेको छ । महोत्सवमा सांस्कृतिक झाकी, स्थानीय उत्पादन प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह