+
Search

ताजा अपडेट +

पपुलर +

चौमासिकमा बजेट खर्च सङ्घको २२ र प्रदेशको ६ प्रतिशत

चौमासिकमा बजेट खर्च सङ्घको २२ र प्रदेशको ६ प्रतिशत
त्रिशूली प्रवाह
१० महिना अगाडी

विदुर । आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो चौमासिक (साउन-कात्तिक) मा नुवाकोटमा सङ्घीय सरकारको बजेटतर्फ समग्रमा झन्डै २२ प्रतिशत खर्च भएको छ भने प्रदेश सरकारतर्फको बजेट ६ प्रतिशतभन्दा बढी रकम खर्च हुन सकेन ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सङ्घतर्फ विनियोजित कुल बजेट रु.११ अर्ब ८३ करोड ६२ लाख ८१ हजार ६ सय ९४ मध्ये २१.९९ प्रतिशत मात्र अर्थात् रु. दुई अर्ब ६० करोड ३२ लाख ६९ हजार एक सय ९६ खर्च भएको छ । यो अवधिमा प्रदेशतर्फको विनियोजित कुल बजेट रु.एक अर्ब २४ करोड ८७ लाख एक हजार एक सय ६५ मध्ये रु. ३१ करोड ५३ लाख ८३ हजार ६ सय ९७ खर्च भएको कोष तथा लेखा नियन्त्रक सङ्घ र प्रदेश कार्यालयले जनाएको छ । सङ्घ सरकारको कुल बजेटमध्ये चालू खर्च शीर्षकमा विनियोजित रु.सात अर्ब ६० करोड १६ लाख ६ सय ९४ मध्ये रु.२३ करोड ७० लाख १८ हजार सात सय ५४ अर्थात् ३०.३५ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार सङ्घीय बजेटको पुँजीगत शीर्षकको रु. चार अर्ब २३ करोड ६१ लाख २१ हजार विनियोजित भएकोमध्ये सो अवधिमा रु.२९ करोड ६२ लाख ५० हजार चार सय ४१ खर्च हुँदा ६.९९ प्रतिशत रहेको कोष नियन्त्रक सरोज भुजेलले जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

प्रदेश सरकारतर्फको कुल बजेटमध्ये चालू शीर्षकमा रु.एक अर्ब २४ करोड ८७ लाख एक हजार एक सय ६५ मध्ये रु.२० करोड ४७ लाख ३४ हजार पाँच सय ४६ खर्च अर्थात् १६.३९ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ रु.तीन अर्ब ३१ करोड ४८ लाख १४ हजार पाँच सय विनियोजितमध्ये चार महिनामा रु.११ करोड ६ लाख ४९ हजार एक सय ५१ अर्थात् ३.३३ प्रतिशत खर्च भएको प्रदेश लेखा इकाइ प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । पुँजीगत शीर्षकको तुलनामा चालू खर्च शीर्षकमा कम प्रतिशत रकम खर्च देखिएको कोष नियन्त्रक पौडेलले बताउनुभयो । चालू खर्च शीर्षकको रकम प्रत्येक महिना तलब भत्तामा निकासा र सार्वजनिक खरिदमै खर्च हुने भएकाले प्रतिशतमा बढी देखिएको हो । पौडेलले भन्नुभयो, ‘चालू खर्च शीर्षकको तुलनामा अब विकास निर्माणका गतिविधिले तीव्रता लिएसँगै पुँजीगत शीर्षकको बजेट खर्च वृद्धि हुन्छ । पालिका र जिल्लाका विकासे अड्डाहरूको ठेक्का निकालेर काम गर्ने अन्तिम तयारीमा जुटेकोले पुँजीगत खर्च बढ्ने नियन्त्रक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह