+
Search

ताजा अपडेट +

पपुलर +

जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीबाट म्याद गुज्रिएका सामान नष्ट

जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीबाट म्याद गुज्रिएका सामान नष्ट
त्रिशूली प्रवाह
२ महिना अगाडी

धुन्चे । रसुवा जिल्लाको दक्षिणी भेगमा रहेको नौकुण्ड गाउँपालिका क्षेत्रमा गत हप्ता जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा फेला परेको म्याद गुज्रिएका सामान सरोकारवालाको रोहवरमा अघिल्लो हप्ता नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्वमा नौकुण्ड गाउँपालिका-२, लारच्याङ, यार्सा, युव्राका १० वटा दैनिक उपभोग्य तथा खुद्रा किराना पसलको अनुगमन गर्दा उपभोक्ता हित एवम् अधिकारसम्बन्धी न्यून चेतना र व्यावसायिक ज्ञान नपाइएकाले प्रथमपटकलाई प्रचलित कानुन एवम् स्वीकृत मापदण्डबमोजिम व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसैगरी, नौकुण्डकै वडा नम्बर-३ पारच्याङस्थित पाँचवटा दैनिक उपभोग्य तथा स्वीकृत मापदण्डको पूर्ण परिपालना नगरेको पाइएकाले सामान्य सचेतनास्वरूप उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरी अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका करिब रु.३० हजारबराबरको दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न जफत गरी अनुगमन टोलीको रोहवरमा नष्ट गरिएको जिल्लास्तरीय अनुगमन समितिका संयोजक एवम् सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । नौकुण्ड गाउँपालिकासँगको समन्वय र सहजीकरणमा सहायक प्रजिअ अधिकारीको नेतृत्वमा नौकुण्डका उपाध्यक्ष, कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), उद्योग तथा वाणिज्य कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह