खड्गभञ्ज्याङ । नुवाकोट जिल्ला, विदुर-३, खड्गभञ्ज्याङस्थित प्रगतिशील माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई नवीन कोइराला फाउन्डेसन अमेरिकाको सहयोगमा न्यानो कपडा वितरण भएको छ । फाउन्डेसनका अध्यक्ष नवीन कोइरालाले आइतबार विद्यालयमा आयोजित विशेष कार्यक्रमबिच विद्यार्थी र शिक्षकलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

उक्त विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत दुई सय ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा रिमालले जानकारी दिनुभयो । साथै, विद्यालयमा अध्यापन गराउने १९ जना शिक्षकलाई समेत फाउन्डेसनले न्यानो कपडा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तकबहादुर रिमालको सभापतित्वमा भएको सो कार्यक्रममा उपस्थित हुनुभएका विदुर-३ का वडाध्यक्ष बद्रीप्रसाद रिमालले न्यानो कपडास्वरूप ट्रयाकसुट वितरण गर्नुभएको जानकारी प्रतिष्ठानका सदस्य अर्जुन कोइरालाले जानकारी दिनुभयो । सो कार्यक्रममा समाजसेवी एवम् भूमि आयोग नुवाकोटका सदस्य माधव रिजाल, रणभुवनेश्वरी क्याम्पस प्रमुख देवीघाटका आरपी रिमाललगायतले विद्यार्थीलाई न्यानो कपडा वितरणसँगै विद्यार्थीको स्कुलमा नियमितता र हौसला हुने भएकाले आगामी वर्ष पनि यसलाई निरन्तरता दिन फाउन्डेसनलाई सुझाव दिनुभयो ।




प्रतिक्रिया