+
Search

ताजा अपडेट +

पपुलर +

उज्यालो नेपाल नुवाकोटमा राजभण्डारी

उज्यालो नेपाल नुवाकोटमा राजभण्डारी
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । उज्यालो नेपाल पार्टी नुवाकोटमा ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा सोमबार तदर्थ समिति गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य देवकी पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य डा.विशाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलाले १७ सदस्यीय उज्यालो नेपाल पार्टी नुवाकोट तदर्थ समिति गठन गरेको संयोजक राजभण्डारीले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य डा.भण्डारीले ब्यानर अनावरण गरी विदुर-४, बट्टारमा पार्टी कार्यालयसमेत सोही दिन स्थापना गर्नुभयो । तत्कालै पालिका तह हुँदै वडा तहसम्म सङ्गठन विस्तार गरी गाउँबस्तीका समस्या, पहिचान र समाधानको उपायको थालनीको अभियान सञ्चालन गर्ने र सोका लागि परिवर्तन चाहने सम्पूर्ण नुवाकोटवासीलाई जोडिन आह्वान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह