+
Search

ताजा अपडेट +

पपुलर +

चण्डी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

चण्डी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । नुवाकोट जिल्ला विदुर-३, मौरीटारस्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीलाई नवीन कोइराला फाउन्डेसन अमेरिकाको सहयोगमा न्यानो कपडा (ट्रयाकसुट) वितरण भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका राईले कपडा वितरणले विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । फाउन्डेसनका अध्यक्ष कोइरालासहित विदुर-३ का अध्यक्ष बद्रीप्रसाद रिमाल, बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितिका सदस्य आरपी रिमाल, भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य माधव रिजाललगायतले न्यानो कपडा वितरण गर्नुभएको फाउन्डेसनका सदस्य अर्जुन कोइरालाले जानकारी दिनुभयो । विद्यालयमा कक्षा नर्सरीदेखि आठसम्म अध्ययनरत एक सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । न्यानो कपडा सबै विद्यार्थीलाई उपलब्ध गराएको फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह