+
Search

ताजा अपडेट +

पपुलर +

एमाले महाधिवेशन : रसुवाबाट आठ, नुवाकोटबाट १५ प्रतिनिधि

एमाले महाधिवेशन : रसुवाबाट आठ, नुवाकोटबाट १५ प्रतिनिधि
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । नेकपा (एमाले) को यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु हुने ११औँ महाधिवेशनका लागि रसुुवाबाट आठ र नुवाकोटबाट १५ जना प्रतिनिधि चयन भएका छन् । खुला, महिला, दलित तथा युवा कोटा गरेर कुल आठजना प्रतिनिधि छनोट गरेको एमाले रसुवाका उपाध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

चयन भएका प्रतिनिधिमा खुलातर्फ कैसाङनुर्पु तामाङ, सुरेन्द्रराज लम्साल, छोवाङ तेन्जिङ तामाङ र कर्णेल तामाङ रहेका छन् । महिलातर्फ चमेली गुरुङ, सुजना लामा छन् भने दलिततर्फ चमेली सुनुवार र युवातर्फ कुमार नगरकोटी भएका छन् । एमाले रसुवाले पहिलोपटक विगतमा सहमति र नेतृत्वकै मनोनयनमा सहमति रहने आन्तरिक प्रक्रियालाई यस वर्ष मतदानमार्फत पारदर्शी र खुला बनाई शनिबार मतदानको माध्यमबाट प्रतिनिधि चयन गरेको हो । त्यसैगरी, एमालेको नुवाकोटबाट खुला, महिला, दलित तथा युवा कोटा गरेर कुल १५ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । प्रमुख निर्वाचन अधिकृत रामहरि रिमालले दिएको जानकारीअनुसार विधानले तोकिएको क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ बद्री मैनाली, काशीराज अधिकारी, मिलन लामा, नीलकण्ठ आचार्य, महिलातर्फ कमला पाण्डे, मनिका थापा र युवातर्फ वसन्त न्यौपाने चयन भएका छन् । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर-२ बाट खुलामा नारायणप्रसाद खतिवडा, बुद्धिबहादुर प्रधान, राजेन्द्ररमण खनाल, अरुणकुमार श्रेष्ठ, महिलामा कोपिला भट्ट, इन्दिरा अधिकारी, युवामा विष्णु दाहाल र दलितमा सनम परियार छानिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह