चौघडा । नुवाकोट जिल्ला, लिखु गाउँपालिका-४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा पाँचदिने एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले मङ्सिर ११ गते उद्घाटन गर्नुभएको तालिममा लिखुका १३ सामुदायिक विद्यालयका ३९ जना शिक्षक सहभागी थिए ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष अधिकारीले गाउँपालिकाको शैक्षिक अवस्था निरन्तर सुधारततर्फ अग्रसर भइरहेको बताउँदै तालिमले शिक्षकको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको सक्रियता र चासो अपरिहार्य रहेको बताउनुभयो । रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ, राधाकृष्ण हुमागाईं, फुर्कु घलेलगायतले तालिममा प्रशिक्षण दिनुभएको थियो ।






प्रतिक्रिया