+
Search

ताजा अपडेट +

पपुलर +

‘बिर्ता पुस्तक’ विमोचित

‘बिर्ता पुस्तक’ विमोचित
त्रिशूली प्रवाह
१० महिना अगाडी

धुन्चे । जिल्ला भूमि अधिकार मञ्च रसुवाद्वारा प्रकाशित ‘बिर्ता पुस्तक’ गत शुक्रबार कालिकास्थानमा एक विशेष कार्यक्रमबिच विमोचन भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

संविधानसभा सदस्य जनार्दन ढकाल, प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा (एमाले) रसुवाका प्रतिनिधि विष्णु पौडेल, नेकपा प्रतिनिधि पुष्पराज न्यौपानेलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । रसुवाको बिर्ता जग्गाको तथ्याङ्क र विवरणसहित पहिलोपटक प्रकाशित उक्त पुस्तक सुष्मा न्यौपाने, विश्वास नेपाली, रघुनाथ लामिछानेले लेखन तथा सम्पादन गर्नुभएको हो ।

Suzuki New Bike & Scooter

रसुवा जिल्लाका किसानको विद्रोह, सङ्घर्ष र भूमि आन्दोलनको विस्तृत विवरण समेटेर प्रकाशित पुस्तक भूमि आन्दोलनको ऐतिहासिक दस्ताबेजका रूपमा महत्त्वपूर्ण रहेको छ । बिर्ता पुस्तकले रसुवाको भूमिको अवस्थाबारे खोज, अनुसन्धान गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह