काठमाडौँ । नुवाकोट जिल्ला, तादी-३, खरानीटारमा रहेको अमरज्योति क्याम्पस अघिल्लो हप्ता सम्पन्न आरआर क्याम्पस प्रदर्शनीमार्ग भृकुटीमण्डप, काठमाडौँको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)द्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपविजेता बनेको छ ।

प्रतियोगिताको फाइनल खेलमा आयोजक आरआर स्ववियुसँग ३-१ सेटले पराजित भएपछि अमरज्योति क्याम्पसले रू.दुई लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अमरज्योतिका कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम भएको टोलीले रू.तीन लाख, दोस्रो टोलीले रू.दुई लाख र तेस्रो हुने टोलीले रू.एक लाखसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न विधागत पुरस्कार प्राप्त गरेका छन् ।






प्रतिक्रिया