धुन्चे । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा मंगलबार दुई जना व्यक्ति गम्भीर घाइते भएका छन् ।
भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेत निवासी ६५ वर्षका मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँ निवासी ५० वर्षका शिवप्रसाद गजुरेल रहेका छन् । दुवैलाई सोही दिन बिहान ८ बजे भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिनुभयो । जङ्गल छेउको बारीमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट आएको जंगली भालुले आक्रमण गरेको स्थानीयबासी पौडेलले बताउनुभएको छ । भालुको आक्रमनबाट गम्भीर रूपमा घाइते हुनुभएका दुवैलाई स्थानीयस्तरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको ग्रामिण अस्पताल जिवजिवेले जनाएको छ । दुवैलाई अन्नपुर्ण एयरको हेलिकोप्टरबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो । अन्नपुर्ण एयरका पाइलट राजेन्द्र दुवालले उडान भर्नुभएको हेलिकप्टर समयमा पुगेर उपचारको लागि काठमाडौँ पुर्याएका कारण घाइते दुवै खतरामुक्र रहेको समेत प्रहरीले जनाएको छ ।






प्रतिक्रिया