+
Search

ताजा अपडेट +

पपुलर +

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर मन्दिरमा रू. १३ लाख भेटी सङ्कलन

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर मन्दिरमा रू. १३ लाख भेटी सङ्कलन
त्रिशूली प्रवाह
९ महिना अगाडी

समुन्द्रटार । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोट जिल्ला, दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब रू. १३ लाख भेटी सङ्कलन भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु.१२ लाख ८८ हजार एक सय ८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद रु.१२ लाख ५४ हजार ८० र कोषको बैंक खातामा क्युआरमार्फत रु.३४ हजार एक सय भेटी सङ्कलन भएको हो । जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौकी समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रतिनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो । ‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करिब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवम् दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हाराहारीमा तीर्थयात्री आउने र करिब रू. एक लाख भेटी सङ्कलन हुँदै आएको छ । हिन्दु र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह