सङ्घीयताको जग स्थानीय तहमा प्रत्येक वर्ष बेरुजुको चाङ उकालो लागेपछि महालेखा कार्यालयले बनाउने वार्षिक प्रतिवेदनको पाना दुब्लाउनु त भएन नि गाँठे । बेरुजु समस्या समाधान गराउन गत हप्ता नुवाकोटका १२ पालिकाका चेक काट्नेदेखि सही गर्नेसम्मलाई गाविस महासङ्घले भेला गराई महालेखा र अदुअआका सरहरूलाई मिलाएर जिम्मेवारीको पाठ पठाएको चर्चाले जनप्रतिनिधिलाई असजिलो भएको तीनआँखेले देखिहाल्यो । पालिकाले हचुवाका भरमा भुक्तानी दिनेलगायत जनप्रतिनिधिबाट परिवारका लागि गरिएको भरणपोेषण र आफन्तलाई गरेको दुमडी सहयोग तथा घुमफिर खर्च फरफारक गर्नुपरेसि कर्मचारी ज्यानलाई पर्नु पिर पर्यो। व्यक्तिगत कामदेखि अन्त र जन्त जानसम्म सरकारी साधन-स्रोत कुम्ल्याउँदा नि नपुगेर कार्जेकर्तालाई थाम्न खुवाएको भातको बिल देख्दा लेखापरीक्षक पनि होटेलाँ बसेर मोजमस्ती गरेसि दुवैतिर बराबर, कसो ?




प्रतिक्रिया