धुन्चे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रसुवाबाट मोहन आचार्यको नाम सर्वसम्मत सिफारिस भएको छ । नेपाली काङ्ग्रेस रसुवाको कार्यसमिति बैठकले अघिल्लो मंगलबार आचार्यको नाम सिफारिस गरेको सचिव उत्तम थापाले जानकारी दिनुभयो ।
कालिका-२ कालिकास्थानमा सम्पन्न मङ्सिर २३ गतेको बैठकले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य इन्जिनियर आचार्यको एकल नामसहित सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बाछिरिङ तामाङले बताउनुभयो । लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता, विकासमा सक्रिय भूमिका र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा आचार्यको नाम अघि सारिएको बताइएको छ । त्यस्तै, बैठकले समानुपातिकतर्फ पेम्बाछिरिङ तामाङ र सार्कीबुटी तामाङको नाम सिफारिस गरेको छ भने राष्ट्रिय सभातर्फ जनकजीवन उपाध्यायको नाम सिफारिस भएको छ ।




प्रतिक्रिया