+
Search

ताजा अपडेट +

पपुलर +

धादिङ काङ्ग्रेसले ३५ नेताको नाम उम्मेदवारका लागि पठायो

धादिङ काङ्ग्रेसले ३५ नेताको नाम उम्मेदवारका लागि पठायो
त्रिशूली प्रवाह
७ घण्टा अगाडी

धादिङ । नेपाली काङ्ग्रेस धादिङले प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यतर्फको निर्वाचनका लागि कुल ३५ जना सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । काङ्ग्रेस धादिङले केन्द्रीय सर्कुलरअनुसार उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यतर्फका लागि कुल ३५ जनाको नाम केन्द्रमा सिफारिस गरेको धादिङका सभापति रामनाथ अधिकारीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

जिल्लाभित्र सहमति हुन नसकेपछि क्षेत्रबाट प्राप्त भएका सबै आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस सूचीमा समेटिएको सभापति अधिकारीले जानकारी दिनुभयो । केन्द्रीय सर्कुलरअनुसार धादिङ जिल्लाबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ चारजना गरी कुल १० जना उम्मेदवारको नाम सिफारिस हुनुपर्ने व्यवस्था थियो । तर, जिल्लास्तरमा सहमति कायम हुन नसक्दा कोटाभन्दा बढी नाम केन्द्रमा पठाइएको छ । जिल्ला सभापति अधिकारी उम्मेदवार नबने बताए पनि पुरानै अनुहारको बाहुल्य देखिएको छ । नयाँ थोरै मात्रै समेटिएका छन् । नयाँ अनुहारमा युवा नेता कृष्ण रिजालदेखि लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरको नामसमेत परेको छ । काङ्ग्रेस धादिङका अनुसार जिल्लाबाट सिफारिस भएका उम्मेदवारमा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ अर्जुनप्रसाद उप्रेती, कविन शाक्य, कृष्ण रिजाल, खिल गिरी, बद्रीप्रसाद अर्याल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, मनोजकुमार श्रेष्ठ, रविसुदन थापा, राधाकृष्ण भण्डारी रहनुभएको छ । यस्तै, समानुपातिकतर्फ उर्मिला थपलिया, कविता इटनी, भक्तकृष्ण सापकोटा, ज्ञानेन्द्र सिलवाल र राष्ट्रिय सभातर्फ माधवराज पाण्डे तथा हरि अधिकारी रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ रमेशप्रसाद धमला, वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, गोपाल विश्वकर्मा, दिनेशकुमार गुरुङ, ईश्वर अधिकारी, डा. अमितसिंह कार्की, चन्द्रबहादुर थापा, अश्विन दुवाडी, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र समानुपातिकतर्फ दिलमान पार्खिन, चिजकुमार श्रेष्ठ, अर्जुनबहादुर थापा, सेतेमान तामाङ, बालकृष्ण नेपाली, शान्ताकुमारी तामाङ, भगवती उप्रेती, रिता थापामगर रहनुभएको छ । काङ्ग्रेसले राष्ट्रिय सभाका लागि दिलमान पाख्रिनलाई सिफारिस गरेको छ । केन्द्रले बढीमा ६ जनाको नाम पठाउन निर्देशन जारी गरेको भए पनि पार्टीभित्र आकाङ्क्षी धेरै भएपछि सबै नाम पठाइएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह