+
Search

ताजा अपडेट +

पपुलर +

‘मिठो मिठो बोली’ सार्वजनिक

‘मिठो मिठो बोली’ सार्वजनिक
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

ढिकुरे । पछिल्लो समय गीत-सङ्गीतमा मिठास आवाज र शब्द दिएर दर्शकसामु परिचित हुँदै आउनुभएका गायक, गीतकार एवम् मोडल अशोक विष्टको ‘मिठो मिठो बोली’ बोलको नयाँ गीत गत हप्ता सार्वजनिक भएको छ । लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्टको लोकगीत पालिकाका अध्यक्ष धुव्र श्रेष्ठले अघिल्लो शनिबार सार्वजनिक गर्नुभएको हो ।

हाम्रो मौलिक कला, धर्म, संस्कृति, मेलापात, चाडपर्व, रत्यौल, ठट्यौली अनि यसैभित्र लुकेर बसेको सबै जातजाति र धर्मभित्रको एकसूत्र मायाँ र प्रेमको कथावस्तु समेटिएको मिठो मिठो बोली नामको लोकगीत सार्वजनिक गर्दै प्रिमियर सो प्रस्तुत गरिएको थियो । उक्त गीत गायक विष्टको आफ्नै युट्युब च्यानलबाट प्रसारण गरिएको छ । उक्त गीतमा स्वर अशोक विष्ट र अस्मिता न्यौपानेको रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार सरोज प्याकुरेलले दिनुभएको छ । गीतको एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिक मास्टरिङ भोला, पौडेलले साउन्ड डिजाइन स्टुडियोमा गर्नुभएको हो । सुमधुर स्वरमा रहेको मिठो मिठो बोलीको उक्त गीतमा गायक स्वयम् विष्टसहित पुनम दाहाललगायत क्षेत्रपाल माध्यमिक विद्यालयका छात्रछात्रा, विद्यार्थीको अभिनय रहेको छ । । उक्त गीतको भिडियोको नृत्य निर्देशन क्षेत्रपाल माविमा अध्यापनरत शिक्षक कमला चुँदाराले गर्नुभएको छ भने कोरियोग्राफी वरिष्ठ कोरियोग्राफर देवेन्द्र कुँवरले गर्नुभएको छ । सो गीतमा केटा र केटी सिङ्गल भएकाले आपूmलाई कोही कसैसँग प्रभाव नभएकाको भाव प्रवाह गर्दै म त सिङ्गल छु मलाई के को डर भन्ने भाकामा तयार गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह