+
Search

ताजा अपडेट +

पपुलर +

बेत्रावती सहकारीको अध्यक्षमा डङ्गोल

बेत्रावती सहकारीको अध्यक्षमा डङ्गोल
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

बेत्रावती । रसुवा जिल्ला, उत्तरगया गाउँपालिका-५, बेत्रावतीस्थित बेत्रावती कृषि सहकारी संस्था लिमिटेडको गत मङ्सिर २७ गते भएको १२औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा आशिक डङ्गोल, उपाध्यक्षमा किप्पाछिरिङ स्याङ्वा, कोषाध्यक्षमा सुरज लवट, सचिवमा शशि डङ्गोल र सदस्यमा राजकुमार डङ्गोल, मनिका आचार्य, सन्तमाया लवट चयन हुनुभएको छ । सहकारीका अध्यक्ष सोमलाल लवटको सभापतित्वमा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटन उत्तरगया-५ का वडाध्यक्ष यमनाथ आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह