+
Search

ताजा अपडेट +

पपुलर +

एकैदिन दुई पुल शिलान्यास र उद्घाटन

एकैदिन दुई पुल शिलान्यास र उद्घाटन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । पूर्वाधार विकास कार्यालय नुवाकोटअन्तर्गत जिल्लाका दुई स्थानको मोटरेबल पुलको एकैदिन शिलान्यास र उद्घाटन भएको छ । बेलकोटगढी नगरपालिका-१३, लिखु गाउँपालिका र ककनी गाउँपालिका-७ जोड्ने सुपारी खोल्चोको मोटरेबल पुलको उद्घाटन र ढाँडेखोलामा निर्माण हुन लागेको सडक पुल बेलकोटगढी-१३ मा शिलान्यास भएको हो ।

शिलान्यास भएको पुलका लागि भ्याटसहित रू. चार करोड ९४ लाख ९६ हजार एक सय ७९ सम्झौता रकम रहेको र १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने बताइएको छ । पुलको ठेक्का केएनएस एसआई डिसी जेभी बालाजुले पाएको हो । पुलको लम्बाइ ३७.४ मिटर र चौडाइ ८.४ मिटर रहेको छ । पुलको गाडी गुड्ने भाग ६ मिटर र पैदलयात्री हिँड्ने भाग १.२ मिटर रहेको छ । त्यसैगरी, सुपारी खोल्चामा निर्माण भएको मोटरेबल पुल जयविष्णु निर्माण सेवा प्रा.लि.ले १५ महिना लगाएर गत साउनमै सम्पन्न गरेको थियो । पुलको कुल लागत रू.आठ करोड ८७ लाख ८२ हजार ९० रहेको छ । ४१.४ मिटर लम्बाइको पुलको चौडाइ ८.४ मिटर छ । पुलमा पैदलयात्री हिँड्ने भाग १.२ मिटर रहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोही दिन उक्त दुई पुलको फरक-फरक स्थानमा उद्घाटन र शिलान्यास गर्नुभएको कार्यालय प्रमुख सिडिई सुजन थापाले जानकारी दिनुभयो । दुवै कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, नेपाली काङ्ग्रेस नुवाकोटका सभापति एवम् बागमती प्रदेश सभाका सदस्य रमशेकुमार महतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह