विदुर । विसं २०५२ मा दर्ता भई सञ्चालनमा रहेको श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर-१ विदुरको ३०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः सहकारीको अध्यक्षमा तेजबहादुर प्याकुरेललाई सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन मण्डलका संयोजक दीपकप्रसाद रिजालले दिएको जानकारीअनुसार कार्यसमितिको उपाध्यक्षमा गणेश शाही, सचिवमा सविन राजभण्डारी, कोषाध्यक्षमा नारायणकुमार डङ्गोल र सदस्यमा आत्मकुमार शाह, मञ्जु श्रेष्ठ वैद्य, मुरलीप्रसाद थपलिया निर्वाचित भएका छन् । सभाले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर अर्याल, सदस्यमा रामकुमार बोगटी र गंगा आचार्यलाई चयन गरेको छ । संस्थाका पूर्वअध्यक्ष विष्णुप्रसाद लम्सालले उद्घाटन गर्नुभएको सभामा अध्यक्ष, कोषाध्यक्ष, लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारित भएका छन् । आव २०८१/०८२ असार मसान्तसम्म रू.एक करोड २४ लाख ८७ हजार ७८ कर्जा लगानी, रू.एक करोड ६६ लाख १४ हजार एक सय ८८ कर्जा असुली भई अघिल्लो आवको रू.तीन करोड ८६ लाख २१ हजार ६ सय ५३ समेत गरी रु.तीन करोड ४४ लाख पाँच सय ४३ कुल लगानी रहेको अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । सहकारीले गत आव २०८१/०८२ मा रू.एक लाख १२ हजार पाँच सय सात खुद नाफा गर्न सफल भएको छ ।




प्रतिक्रिया