+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्ट्सको लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्सको लाभांश प्रस्ताव पारित
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको दसौँ वार्षिक साधारणसभा मङ्सिर २५ गते काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीका आधारभूत सेयरधनी तथा सञ्चालक वा कम्पनीसँग सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, एकजना सञ्चालकको नियुक्ति गर्ने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मङ्सिर ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मङ्सिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्रै सभामा सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह