+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ सिल्ड ऐँसेलुभूमेलाई

राष्ट्रपति रनिङ सिल्ड ऐँसेलुभूमेलाई
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

भाल्चे । किस्पाङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ऐँसेलुभूमे मावि, काहुलेले जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा ऐँसेलुभूमेले सात स्वर्ण, पाँच रजत, पाँच कांस्य पदकसहित पहिलो स्थान सुरक्षित गरेको छ ।

सो प्रतियोगितामा ज्ञानज्योति मावि फिकुरी सात स्वर्ण, दुई रजत र चार कांस्य पदक प्राप्त गरेर दोस्रो भएको किस्पाङ वडा नं १ का अध्यक्ष पशुपति घलेले जानकारी दिनुभयो । प्रतियोगितामा छात्रछात्रा कबड्डी, सटपुट, लङजम्प, हाइजम्प, ज्याबलिङ थ्रो, रिलेदौड, दौड, भलिबल खेल समावेश रहेको थियो । पाँचवटा माविले भाग लिएको प्रतियोगिता चार दिनसम्म जल्जुखोला माविमा सञ्चालन भएको पालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह