+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि नीलकण्ठलाई

उत्तरगया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि नीलकण्ठलाई
त्रिशूली प्रवाह
९ महिना अगाडी

बेत्रावती । उत्तरगया गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सबैभन्दा बढी पदक जितेर नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटार पहिलो भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नीलकण्ठ माविको खेलमैदानमा गत मङ्सिर २४ देखि २६ गतेसम्म भएको प्रतियोगिताको विभिन्न विधाको खेलमा १४ स्वर्ण, ६ रजत, ३ कांस्य पदक प्राप्त गरी नीलकण्ठ पहिलो भई रनिङ सिल्ड हात पारेको छ । त्यसैगरी, सात स्वर्ण, आठ रजत, सात कांस्य प्राप्त गरी डाँडागाउँ मावि, डाँडागाउँ दोस्रो र पाँच स्वर्ण, १० रजत, दुई कांस्य प्राप्त गरी भूमेदेवी मावि, ठुलोगाउँ तेस्रो भएका थिए । गाउँपालिकाभित्रका ६ विद्यालय सहभागी रहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले र समापन बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले गर्नुभएको जानकारी नीलकण्ठ माविका शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । खेलकुद क्षेत्रको दिगो विकास, प्रतिभा, पहिचान तथा स्थानीयस्तरमा खेल-संस्कृति विस्तार गर्ने उद्देश्यले हरेक वर्ष पालिकाले राष्ट्रपति रनिङ सिल्ड आयोजना गर्दै आएको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताउनुभयो । प्रतियोगिताको माध्यमबाट गाउँपालिकाले खेलकुदलाई शिक्षा, स्वास्थ र व्यक्तित्व विकासको आधारभूत स्तम्भका रूपमा स्थापित गर्दै शारीरिक, अनुशासन, मानसिक दृढता, सकारात्मक प्रतिस्पर्धा, टोली समन्वय नेतृत्व कौशलजस्ता महत्त्वपूर्ण गुणको प्रर्वद्धन गर्न लक्ष्य हासिल गर्ने बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री तामाङले समापन कार्यक्रममा बताउनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह