भ्रष्टाचारीका लागि नेपाल स्वर्ग त्यसै भनिएको होइन रै’छ चाइन्जो ! राजतन्त्र र पञ्चायतलाई माथ गर्ने गरी जयनेपाल र लालसलामवालाले सम्पत्ति कुम्ल्याएका कर्मचारीतन्त्रले के नजानोस्, प्रशिक्षक नै उही हुन् क्यारे ! भ्रष्टाचार गर्न र कमाउन ट्रिक सिकाउने निजामतीका सरहरू अहिले जेन-जी सरकार आएपछि भटाभट पाता कसिन थालेपछि चाइन्जो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र खोक्रो पार्नेहरू चिन्न जनतालाई के गाह्रो परोस् ! जिल्लातिर पदीय मर्यादानुरूप काम नगर्ने हुलका हुल सरकारी अड्डाका सर, म्याडमहरू बिदा र काज्र्यालय समय अघिपछि पनि सरकारी साधन हुइँक्याउँदै भोजभतेर र पिकनिक हुँदै डेटिङ र ससुराली हानिएको तीनआँखाले देखे नि चाइन्जो पुलिस एडमिनिस्ट्रेसनले नदेखेको देख्दा…..देख्नेलाई लाज उखान जिल्लामा व्याप्त नै छ । अदुअआको जिम्मेवारीसमेत पाएका उनले पनि आँखा चिम्लेसि कसको के लाग्छ, चाइन्जो । जिल्लाका चन्द्रशेखर फागुनतिर हुने-नहुने टुङ्गो नलागेको आमनिर्वाचनमै बरालिरहँदा अड्डातिर छड्के÷फड्के हुने त कुरै भएन कसो हो सिडिओ सा’व ? कानुनभन्दा माथि कोही छन् भने न्वाँकोटका जनप्रतिनिधि र कार्जेलय प्रमुख नै छन् क्यारे !






प्रतिक्रिया